परराष्ट्र सचिव भन्छन्- पर्‍यो भने पानीजहाजबाट भए पनि नेपाली श्रमिकलाई उद्धार गर्छौं

12 March, 2026

परराष्ट्र मन्त्रालयका सचि अमृतबहादुर राईले मध्यपूर्वी एसियामा देखिएको द्वन्द्वमा फसेका नेपाली श्रमिकलाई आइपरे पानीजहाजबाट उद्धार गर्न सकिने बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो संख्यामा नेपालीहरू मध्यपूर्वी एसियाका देशहरूमा काम गर्ने भएकाले पानी जहाजबाट भए पनि उद्धार गर्न सकिने बताएका हुन्।

‘मध्यपूर्वी एसिया क्षेत्रमा फसेका नेपालीहरूलाई पानीजहाजबाट पनि उद्धार गर्न सकिन्छ। तर, आशा गरौं, त्यो दिन आउने छैन। विस्तारै जारी द्वन्द्व शान्तिमा परिणत हुँदै जानेछ,’ सञ्चारकर्मीको प्रश्नमा उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024