ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक, करिब ११ प्रतिशत उत्तीर्ण

11 March, 2026

उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा करिब ११ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका हुन्।

नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार नतिजा प्रकाशन गरेको हो। परीक्षामा आवेदन दिएका ६७ हजार २९७ जनामध्ये ८३.६ प्रतिशत सहभागी भएका थिए। यसपटक ९७.५ प्रतिशत अंक ल्याउने मात्र उत्तीर्ण भएका छन्। यसपटक उत्तीर्ण हुनका लागि ४० वटा प्रश्नमध्ये ३९ वटाभन्दा बढी उत्तर मिलाउने उत्तीर्ण भएका हुन्।

पहिलो चरणमा उत्तीर्ण भएका परीक्षार्थीहरू दोस्रो चरणमा सञ्चालन हुने स्किल टेस्टमा सहभागी हुने छन्। स्किल टेस्टमा सफल भएमा मात्र बाँकी प्रक्रिया अघि बढ्ने छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024