अबुधाबीमा मारिएका दिवसको पशुपति आर्यघाटमा दाहसंस्कार

9 March, 2026

Shiva Uprety

इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवस श्रेष्ठको दाहसंस्कार गरिएको छ। पशुपति आर्यघाटमा शनिबार राति ८ बजे दाहासंस्कार गरेर बोर्लाङ ठाँटीस्थित घरमा आइतबारदेखि काजकिरिया सुरु गरिएको भीमसेनथापा गाउँपालिका-८ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।

मृतकका बुबा चामबहादुर श्रेष्ठले छोरा दिवसको काजकिरिया गर्न सुरु गरेका छन्। आइतबार आठौं दिनदेखि काजकिरिया सुरु गरिएको उनले बताए। अबुधावीस्थित जायद विमानस्थलमा कार्यरत २९ वर्षीय श्रेष्ठको एक साताअघि शनिबार राति इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

उनको शव गत शनिबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याई साँझ दाहसंस्कार गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024