मध्यपूर्व र खाडीका यी १२ देशमा तत्काललाई श्रम स्वीकृति स्थगित

3 March, 2026

मध्यपूर्व तथा खाडी क्षेत्रमा पछिल्लो समय उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले ती क्षेत्रका विभिन्न देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको छ।

यो निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इसरायल गरी १२ देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित विभाग तथा मातहतका कार्यालयबाट प्रदान गरिने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन निर्देशन दिएको छ।

यो निर्णय मिति २०८२ फागुन १७ गते गरिएको मन्त्रालयले जनाएको छ। निर्णयले मध्यपूर्व तथा खाडी क्षेत्रका साथै केही अन्य प्रभावित देशहरूमा जान चाहने कामदारहरूलाई असर गर्नेछ।

सरकारले हालको परिस्थितिमा नेपाली कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यो कदम चालिएको स्पष्ट पारेको छ।

अवस्था सामान्य भएपछि पुनः निर्णय गरिने मन्त्रालयको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024