बेलायत पठाउने भन्दै ५० लाख ठगी, एक युवती पक्राउ

18 February, 2026

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूमा व्यापक बेथिति देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको अनुगमन क्रममा विभिन्न खालका बेथिति भेटिएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क लिने, तोकिएको स्वास्थ्य परीक्षण नगर्ने, स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट दिनेजस्ता बेथिति भेटिएका हुन् ।

वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोप प्रहरीको छ ।

पक्राउ परेकी उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024