वैदेशिक रोजगारीमा पठाइदिने ठगी गर्ने दुई जना पक्राउ

24 December, 2025

रोमानिया र पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको जानकारी दिए।

अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट २ लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै २ जनाबाट आठ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026