प्रवासी मताधिकार र अन्तरजिल्ला मतदानको माग गर्दै ज्ञापनपत्र बुझाइँदै

12 December, 2025

विदेशमा रहेका प्रवासी नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न र मुलुकभित्रै अन्तरजिल्ला मतदानको व्यवस्थाको माग गर्दै आज निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइँदैछ।

प्रवासबाट फर्किएका नेपालीहरूको अगुवाइमा जेनजीले आयोगमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

विदेशमा रहेका लाखौँ नेपाली नागरिकहरूलाई उनीहरूको मताधिकार प्रयोग गर्न पाउने र अन्तरजिल्ला मतदान कायमको ज्ञापनपत्र बुझाउन लागिएको हो।

प्रवासी नेपालीले लामो समयदेखि मताधिकारको माग गर्दै आएका छन्। यस ज्ञापनपत्रले राज्यको हरेक नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै निर्वाचन प्रणालीलाई थप समावेशी र पहुँचयोग्य बनाउन दबाब सिर्जना गर्ने बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024