वैदेशिक रोजगारीमा जानेलाई नेपाल एयरलाइन्सको भाडामा १० प्रतिशत छुट

1 December, 2025

नेपाल वायुसेवा निगमले विभिन्न मुलुक रोजगारीका जाने नेपाली यात्रुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ।

निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको हो।

निगमले वैदेशिक रोजगारीमा जाने यात्रुको सहजताका लागि प्रत्येक उडानमा १० वटा सिटमा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको हो।

श्रम गन्तव्यमा यात्रा गर्नेहरूले आवश्यक कागजातसहित निगमका नेपालस्थित टिकट काउन्टरबाट यो सेवा लिन सक्ने छन्।

नयाँ योजनाले विदेश जाने श्रमिकलाई थप सुविधा र सहयोग मिल्ने निगमको विश्वास छ। थप जानकारीका लागि निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024