पुरिएका कामदारको शव निकालियो

1 December, 2025

Lalit Bista

कर्णाली करिडोरको घाटचौर भीरमा बिहीबार दिउँसो खसेको सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालिएको छ ।

सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँड्दै गरेका बेला शुक्रबार दिउँसो पचालझरना गाउँपालिका ७ का नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान पन्छाएर शुक्रबार दिउँसो बोहोराको शव निकालेर आफन्तलाई दिइएको हो ।

पहिरोसँगै चट्टान खसेकोले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको थियो ।

कर्णाली करिडोर अन्तर्गत थिर्पू घाटचौरदेखि बाजुराको पिलुचौरसम्म कर्णाली नदी किनाराबाट नेपाली सेनाको विकास निर्माण कार्यदलले बिस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026