सूचनाबिनै यूएईले किन राेक्याे भिसा ? कूटनीतिक पहल थालिहाल्न सरकारलाई विज्ञकाे सुझाव

19 September, 2025

Rajaram Neupane

नेपालमा भदौ २३ र २४ गने भएको आन्दोलनपछि राजनीतिक उथलपुथल भएकाे छ । यससँगै विश्वका देशहरुले नेपाललाई हेर्ने नजरमा पनि परिवर्तन आएको छ । विभिन्न देशहरुले नेपालबाट घुम्न आउनेहरुलाई भिसा दिन रोकेका छन् ।

नेपालको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको युएइले पनि नेपालीलाई भिजिट भिसा र कामदार भिसा दिन रोकेको छ । अहिले मेनपावरबाट कामदार भिसा प्रोसेस गर्दा रिजेक्ट भइरहेको छ भने, ट्राभल एजेन्सीबाट भिजिट भिसाका लागि आवेदन दिँदा पनि संयुक्त अरब इमिरेट्स (युएई) ले दिइरहेको छैन ।

नेपालमा रोजगारी नभएका कारणले धेरै नेपालीहरु काम गर्नका लागि विदेश जाने गरेका छन् । त्यसमध्येमा सबैभन्दा धेरै दुबईमा जान्छन् ।

नेपालमा भएको जेनजी आन्दोलनपछि ११ हजारभन्दा धेरै कैदी जेलबाट भागेपछि दुबईले नेपालीलाई कामदार र भिजिट भिसा दिन बन्द गरेको हाे । दुबईले नेपालीलाई भिसा नदिने भनेर सूचना निकालेको छैन । तर, अहिले घुम्न जाने र काम गर्न जानेहरुको भिसा लाग्दैन ।

मेनपावर व्यवसायी सघंका निर्वातमान अध्यक्ष राजेन्द्र भण्डारीले नेपालमा भएको आन्दोलनमा कैदी जेलबाट भागेपछि भिसा बन्द गरेको बताए ।

उनले भने, ‘नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलनमा विभिन्न अपराध गरेर जेलमा रहेका ११ हजारभन्दा धेरै कैदीहरु भागेपछि दुबईले उसको देशको सुरक्षामा पनि असर पर्न सक्ने भन्दै नेपालीलाई भिसा दिन रोकेको हो । तर, आधिकारिक कुनै जानकारी दुबईले सार्वजनिक गरेको छैन ।’

दुबईले अपराध गरेर जेलमा भएका नेपाली जेलबाट भागेका कारण ती व्यक्तिहरु पनि दुबई आउन सक्ने भन्दै भिसा रोकेको हो । करिब ६ लाखभन्दा धेरै नेपालीले दुबईमा कामदार भिसामा काम गरिरहेको छन् । वार्षिक रुपमा करिब १ लाख ५० हजारभन्दा धेरै नेपाली दुबईमा काम गर्न जाने गरेका छन् । दुबईले भिसा रोकेपछि नेपालमा वेरोजगार पनि वृद्धि हुने र रोमिट्यान्समा पनि समस्या आउने भण्डारीले बताए। सरकारले भिसा खोल्नका लागि पहल गरिहाल्नुपर्ने उनकाे भनाइ छ ।’

नेपालमा भएको आन्दोलनपछि नेपाली कामदार र त्यहाँ बसेर व्यवसाय गरिरहेकाहरुलाई ठुलो समस्या नपरे पनि हेर्ने नजर भने केही फरक हुने उनले बताए ।

श्रम विज्ञ डा. जीवन बानियाँले पनि नेपाली कैदी जेलबाट भागेका कारणले ती व्यक्तिहरु दुबई जान सक्ने भन्दै भिसा रोकेको बताए । तर, अहिले परराष्ट्र मन्त्री नभएकाले प्रधानमन्त्रीले नै कूटनीतिक पहल गरेर बन्द भएको भिसा खुलाउनु पर्ने उनले सुझाव दिए ।

उनले भने, ‘बङ्गलादेशमा पनि अहिले नेपालमा भएको जस्तै आन्दोलन भएका बेला दुबईले भिसा रोकेको थियो । नेपालमा पनि भदौ २३ र २४ गते भएको आन्दोलनमा ११ हजारभन्दा धेरै कैदी जेलबाट भागेको र ती व्यक्तिहरु दुबई जान सक्ने देखेर नै भिसा रोकेको हो । दुबईमा गएर भिसा कन्भर्ट भइरहेको र सुरक्षामा चुनौती आउन सक्ने भएर नै अहिले भिसा रोकिएको हो ।’

दुबईले भिसा रोकिनै रह्यो भने निम्न र सामान्य परिवारलाई समस्या पर्ने उनले बताउ।

‘दुबई जाने तयारीमा भएकाले जान पाउने छैनन् । भने, वृद्धि हुँदै गएको रेमिट्यान्समा पनि कमी आउन सक्छ ।’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024