युएईमा दूतावासले नेपालीहरुको विवरण संकलन थाल्यो

29 April, 2020

रामकुमार परियार

 

युएई-  युएईमा कोरोना भाइरसको प्रकोपबाट प्रभावित भएका नेपालीहरुले अब नेपाली राजदूतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन पाउने भएका छन्। 

अबुधाबी स्थित नेपाली राजदूतावासले मंगलबार एक सूचना जारी गर्दै युएईमा रहेका नेपालीहरुलाई दूतावासको वेवसाईटमा गएर आफ्नो वैयक्तिक विवरण दर्ता गर्न आग्रह गरेको छ। 

कोरोनाको प्रकोपका कारण उत्पन्न असहज स्थिति भोगिरहेका नेपालीहरुलाई उद्दार तथा सहयोग गर्ने कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाउन अनलाईन फारमको विकास गरि तथ्यांक संकलन गर्न थालिएको दूतावासले जानकारी दिएको छ। 

दूतावासको अफिसियल वेबसाईट ae.nepalembassy.gov.np मा गएर नेपालीहरुले आफ्नो विवरण दर्ता गर्न सक्ने युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए। उनले असहज परिस्थितिमा आवश्यक सहयोग एवम  समन्वय गर्ने कार्यमा राजदूतावास निरन्तर प्रयत्नशील रहेको जानकारी दिए। 

युएईमा बुधबार साँझसम्म ११ हजार ३ सय ८० जना कोरोनाबाट संक्रमित बनेका छन् भने ८९ जनाको मृत्यु भईसकेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024