निर्माण रोकिएपछि अलपत्र नेपाली कामदारलाई ‘घरघर’ पुर्‍याउन गृहको निर्देशन

27 March, 2020

काठमाडौं : गृह मन्त्रालयले देशभरको ‘लकडाउन’पछि अलपत्र परेका विभिन्न निर्माण सम्बन्धी कार्यमा सक्रिय कामदारलाई गृह जिल्लासम्म उद्धार गरेर पुर्याउन निर्देशन दिएको छ। शुक्रबार मन्त्रालयले अलपत्र परेका नेपाली नागरिकलाई आ-आफ्नो जिल्लासम्म उद्धार गरेर पुर्याउन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिएको हो।

‘विभिन्‍न निर्माण सम्बन्धी कार्यमा कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकहरुलाई आ-आफ्नो गृह जिल्लासम्म उद्धार गरी पुर्‍याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुलाई निर्देशन’, गृहमन्त्रालयको निर्णयमा भनिएको छ।

त्यसैगरी काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने व्यवस्था तत्काल सुरु गर्नसमेत निर्देशन दिएको छ। भने अन्य अत्यावश्यक खाद्यवस्तुको आयाता गर्ने सवारी साधनलाई सहज आवागमनको व्यवस्था गर्न निर्देशन दिइएको छ। त्यसैगरी विदेशी पर्यटकको उद्धार गर्नसमेत निर्देशन दिइएको छ।

‘औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपंक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनको सहज आवागमनको व्यवस्था मिलाउने’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अलपत्र विदेशी पर्यटकहरुको उद्दार गर्ने।’ 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024