तमोर करिडोरमा कार्यरत ४५ मजदुर अलपत्र

26 March, 2020

रमेशचन्द्र अधिकारी

धनकुटा — तमोर करिडोरको धनकुटा खण्डमा कार्यरत मजदुर दुई दिनदेखि अपलत्र परेका छन् । कोभिड–१९ रोकथामका लागि देशभर लकडाउन गरिएपछि तमोर करिडोरको मुलघाटदेखि पाँचथरको नावा खोलासम्म कार्यरत ४५ जना मजदुर कार्यरत अवस्थामा अपलत्र परेका हुन् ।

दुई दिनदेखि काम रोकिएपछि उनीहरु अलपत्र परेको सुपरभाइजर रोशन भण्डारीले बताए। उक्त खण्डमा रौता कन्ट्रक्सन प्रालि काम गर्दै आएको छ। काम नभएको अवस्थामा रासन समेत सकिएर भोकै बस्नुपर्ने अवस्था आएको मजदुरहरूले बताएका छन्। भण्डारीले गाउँमा खाना समेत पाइन छोडेको बताए। दुई दिनसम्म अलपत्र पर्दा खर्च सकिँदै गएपछि मजदुर बिचल्लीमा परेको बताइएको छ।

मजदुरलाई खाद्यान्न उपलब्ध गराउन प्रयासरत रहने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए। उनले ठेकेदार कम्पनीले पछि मजदुरको तलबबाट तिर्नेगरी खाद्यान्न उपलब्ध गराइने बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024