खाडीका कामदारबारे अनुगमन

6 March, 2020

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त टोलीले खाडीमा रहेका कामदारको अवस्था अनुगमन गरेको छ।

घरेलु कामदारको रूपमा खाडी मुलुक ओमान, साउदी अरब र युएईमा रहेका नेपालीको अवस्था, समस्या तथा समाधानको लागि चाल्नुपर्ने कदमका विषयमा स्थलगत अवलोकन गर्ने समितिको निर्णय अनुसार टोलीले ओमान भ्रमण गरेको जनाइएको छ। टोलीले ओमानको सुरा काउन्सिल (प्रतिनिधि सभा) का अध्यक्ष खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रिय सभा) का अध्यक्ष याह्या विन महफौद अल मन्थरीसँग बेग्ला–बेग्लै भेटघाट गरेको बताइएको छ। उक्त भेटघाटमा संसद्को संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व तथा संसद्मा मौजुद समितिबारे छलफल भएको जनाइएको छ।

भ्रमणका क्रममा नेपाली दूतावासले नेपाली श्रमिक तथा घरेलु कामदार सम्बन्धी तथ्यांक सहितको प्रस्तुतीकरण दिएको र त्यहाँ रहेका घरेलु र अन्य नेपाली कामदारसँग छलफलसमेत भएको बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024