विदेशिएकाको घर बिगार्नेविरुद्ध कडा कानुन चाहियो

12 February, 2020

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्तिमाया तामाङ पाख्रिनले विदेशिएका नागरिकको घरबार बिगार्नेविरुद्ध कारबाही गर्न कडा कानूनको माग गरेकी छन् । सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर रोजगारीका निम्ति विदेशिएका युवा युवतीको स्वदेश फर्किदा कमाएर पठाएको सम्पत्तिसमेत गुमाउनुपर्ने अवस्था रहेको भन्दै उनले यसलाई रोक्न कडा कानूनको माग गरेकी हुन् ।बुधबार प्रतिनिधिसभामा बोल्दै उनले विदेशमा रहेका नेपालीको श्रीमान वा श्रीमतीलाई लोभ्याएर घर बिगार्ने पुरुष वा महिला जो भए पनि कारबाही गर्नुपर्ने बताइन् ।

पाख्रिनको भनाइ उनकै शब्दमा

सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर नेपाली युवायुवती रोजगारीका निम्ति विदेशिएका हुन्छन् । यो नेपाली युवायुवतीको रहर होइन बाध्यता हो । खाडीको मरुभूमिमा तपतप पसिना चुहाउँदै श्रम गरी तीन चार बर्षपछि घर फर्किँदा आफ्नो साथमा न त श्रीमान अथवा श्रीमती, न त दुख गरी कमाएको पैसा नै हुन्छ ।

तसर्थ यो नेपाली समाजमा झागिंदो अवस्थामा रहेको विकृति हो ।

श्रीमान विदेश हुँदा अथवा श्रीमती विदेशमा हुँदा घरपरिवार सम्हाल्न नसक्ने महिला र पुरुष वा अर्काको घरपरिवार विगार्ने पुरुष र महिला दुबैलाई कडा भन्दा कडा कानुनको ब्यवस्था गर्नुपर्छ भनी म यस गरिमामय सदनमा सभामुखमार्फत सम्बन्धित निकायसमक्ष माग गर्दछु ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024