म्यानमारका अनलाइन स्क्यामिङ केन्द्रमा काम लगाइएका ३७ नेपालीको उद्धार

20 November, 2025

विभिन्न माध्यमबाट म्यानमार पुगि त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा काम गरिरहेका ३७ जना नेपालीको उद्धार गरिएको छ।

उनीहरूलाई विभिन्न स्क्यामिङ केन्द्रहरूमा अनलाइन डेटिङ, क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायत काममा लगाइएका तथा म्यानमार सुरक्षा कर्मीले छापा मार्दा थाइल्याण्ड पुगेका ३७ जना नेपाली उद्धार गरिएको नेपाली दूतावास बैंककले जनाएको छ।

उनीहरूलाई थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी आज (बुधबार) नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४०२ मार्फत फर्काइएको हो।

त्यसैगरी म्यानमारको म्यावडीमा रहेका थप २३ जना थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई फर्काउनका लागि समन्वय भइरहेको समेत दूतावासले जनाएको छ।

दूतावासले श्रम स्वीकृति लिएर मात्रै जान आग्रह गरेको छ। कसैको प्रलोभनमा परी अवैध प्रक्रियामार्फत अवैध काममा नजान समेत आग्रह गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024