ओमान पुगेकी युवतीको रहस्यमय मृत्यु, एजेन्ट प्रहरी फन्दामा

27 January, 2025

Ajabi Poudel

बर्दिया स्थायी घर भई काठमाडौं टोखा बसाइँ सरेका विनोद पौडेल हाल प्रहरी हिरासतमा छन्। वैदेशिक रोजगारीको लागि भन्दै कहिले दुबई त कहिले ओमान पुग्ने पौडेललाई एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ गरिएको हो। उनलाई इन्टरपोलबाट रेड नोटिस जारी गरी पक्राउ गरिएको हो।

एनसीबी काठमाडौंको अनुरोधमा उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट यही पुस १२ गते रेड नोटिस जारी गरिएको थियो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी अनुसन्धान भइरहेको छ। पौडेल हाल नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा छन्। मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार उनीसहित अन्य चार जनाको समूहले स्याङ्जाकी २२ वर्षीया युवतीलाई भिजिट भिसामा दुबई हुँदै ओमान पुर्‍याएर बेचबिखन गरेको उजुरी प्राप्त छ।

एनसीबी काठमाडौंको अनुरोधमा उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट यही पुस १२ गते रेड नोटिस जारी गरिएको थियो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी अनुसन्धान भइरहेको छ। पौडेल हाल नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा छन्। मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार उनीसहित अन्य चार जनाको समूहले स्याङ्जाकी २२ वर्षीया युवतीलाई भिजिट भिसामा दुबई हुँदै ओमान पुर्‍याएर बेचबिखन गरेको उजुरी प्राप्त छ।

प्रहरीका अनुसार स्याङ्जाकी २३ वर्षीया जमुना कुमाललाई दलालहरूले महिनाको ४० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै प्रलोभन दिएर ओमान पुर्‍याएका थिए। टन्न पैसा कमाउने सपना देखेर विदेश उड्दा उनीसँग दुबईको भिजिट भिसामात्रै थियो। उनीसँग कुनै पनि देशका काम गर्ने श्रम स्वीकृति भने थिएन। घुम्न भनेर दुबई उडेकी जमुना ७ महिना विदेशको कष्टकर बसाइपश्चात् उतै अस्ताइन्। ६ महिनासम्म उनले काम नपाएको भन्दै परिवारलाई फोन गरिरहन्थिन्। घर फर्काउन भन्दै फोनमा गुहारिरहन्थिन्। घरमा फोन गरेको थाहा पाए, कहिले नेपाली एजेन्ट त कहिले ओमानी एजेन्टले उनको फोन खोसिदिने गर्थे। नेपाल फर्कनको लागि डेढ लाख रुपैयाँ लाग्छ भन्दै धम्काउथे।

स्याङ्जामा रहेका जमुनाका परिवारले एजेन्ट सन्तोष लोप्चनमार्फत विनोद पौडेलको खातामा एक लाख रुपैया जम्मा गरेका थिए। पैसा पठाएपश्चात् विनोदले तीजसम्म जमुना घर फर्कने जानकारी गराएका थिए। तर तीज आउनु तीन दिनअघि नै जमुनाको मृत्यु भएको खबर परिवारले पाएको थियो। भर्‍याङबाट हाम्फालेर आत्महत्या गरेको भन्ने खबर परिवारले पाएको थियो। परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार जमुनाको मृत्यु एजेन्टले बन्धक गराएको अवस्थामा आत्महत्या गरेको भनिएको छ। आत्महत्या नै गरेको भन्ने कुनै पुष्टि, प्रमाण भने उनका परिवारले पाएका छैनन्। मानव बेचबिखन ब्युरोका प्रमुख ओमबहादुर राना भन्छन्, भिजिट भिसामा जाने र दुःख पाउने महिलाहरूको संख्या अत्यधिक छ।

नेपालबाट श्रम स्वीकृति लिएर नगएको अवस्थामा नेपाल सरकारले पनि थप केही अनुसन्धान गर्न सक्ने अवस्था छैन। एसएसपी राना भन्छन्, ‘हत्या हो या आत्महत्या विदेशमा गएर अनुसन्धान गर्न असम्भव प्रायः छ। उनलाई विदेश पुर्‍याउने एजेन्ट सन्तोष लोप्चनलाई पनि प्रहरीले गत पुस २४ गते पक्राउ गरेको छ।’ बेचबिखनमा संलग्न भएका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेको समूहले नेपाल दुबई, कुवेत, ओमान आउजाउ गर्ने र भिजिट भिसाको नाममा मानव बेचबिखन गर्दे आएको अनुसन्धानका क्रममा खुलेको छ।

विदेशमा काम नपाएपछि आत्महत्याको बाटो

सरकारले खाडी मुलुकमा काम गर्न जान नेपाली महिलालाई रोक लगाएको छ। तर वैदेशिक रोजगारीका लागी विदेश जाने महिलाको संख्या बढेसँगै धेरै युवती तथा महिलाहरू भिजिट भिसामै दुबई जाने र उतै लुकेर काम गर्ने प्रवृत्ति बढ्दो छ। यस्ले गर्दा उनीहरू घरेलु हिंसामा पर्ने, यौन हिंसामा पर्ने, आर्थिक हिंसामा पर्ने तथा अनेक समस्यामा पर्ने घटना बढ्दो क्रममा छ। विदेश गएर आत्महत्या गर्ने जमुना एक उदाहरण हुन्। त्यस्तै मृत्यु धेरै नेपाली नागरिकको भएको छ। भिजिट भिसामा जाँदा पनि पैसा तिरेर जाने र उता गएर काम नपाउँदा फर्कनसमेत एजेन्टलाई पैसा बुझाएर आउनुपर्ने हुँदा नेपालीहरू दोहोरो मारमा पर्ने गर्छन्।

गत वैशाखमा ओमान पुगेकी धादिङ धुनिबेंसीकी २३ वर्षीया सुनिता तामाङ पनि जिउँदो फर्कन सकिनन्। यही मंसिर ९ गते उनले ओमानमा नै आत्महत्या गरेको खबर परिवारमा पुग्यो। उनको शव नेपाल ल्याउनको लागि परिवारले पाएको दुःख भनिसाध्य छैन। यस्तै गत फागुनमा कुबेत पुगेकी मोरङ केराबारीकी करिशा राई पनि जिउँदो फर्कन पाइनन्। कुबेतमा काम नपाएर निकै हण्डर र ठक्कर खाएकी उनको उतै रहस्यमयी मृत्यु भयो।

नेपाल सरकार वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम खनालका अनुसार श्रम स्वीकृत नलिई विदेश जाने नेपालीको कुनै पनि रेकर्ड सरकारसँग हुँदैन। बोर्डको तथ्यांकअनुसार आव २०८०/०८१ मा वैदेशिक रोजगारीमा विभिन्न देश गएर मृत्यु भएकामध्ये १ हजार ३ सय ४६ जनाको परिवारले क्षतिपूर्ति लिएका छन्। यस्तै १ सय ८३ जनाको उद्धार तथा खोजतलास भएको छ। ७ सय ७५ वटा शव ढुवानी गर्नका लागि बोर्डले समन्वय गरेको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024