अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई गर्‍यो निष्कासन

20 November, 2025

अजवी पौड्याल

अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो।

निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष रहेको बताइएको छ।

डिर्पोट भएर आएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोको टोलीले आवश्यक सोधपुछ गरेको स्रोतले बताइएको छ। व्युरोका प्रमुख कृष्ण पंगेनीका अनुसार डिर्पोट भएर आउनेहरूमा तल्ला बाटो हुँदै अमेरिका गएकाहरू धेरै छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024