अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, चाटर्ड विमानमा काठमाडौं आइपुगे 

20 November, 2025

अमेरिकाबाट थप ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट हुने अधिकांश अवैध बाटोबाट मेक्सिको हुँदै अमेरिका छिर्नेबेला पक्राउ परेकाहरु छन् ।

चार्टर्ड विमानमार्फत बुधबार साँझ काठमाडौं आइपुगेका उनीहरुसँग प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले समेत प्रारम्भिक सोधपुछ गरेको छ ।

ब्यूरोका एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘उहाँहरुको केही विवरण राखेर पठाएका छौं, अहिलेसम्म कसैले उजुरी दिनु भएको छैन ।’ डिपोर्ट हुनेहरु दाङ, रुकुम लगायतका जिल्लाका छन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्र ३१० जना नेपाली नागरिक डिपोर्टमा परेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024