८ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स

5 April, 2024

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०-८१ को ८ महिना (साउनदेखि फागुनसम्म) मा नौ खर्ब ६१ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।

गत वर्षको यही अवधिमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्स भित्रने दरमा २१ प्रतिशतले वृद्धि भएको हो।

यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा १५ प्रतिशतले घटेको छ। चालु आवको यो अवधिमा भने ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्।

गत वर्षको आठ महिनामा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026