६ महिना भित्र स्वदेश फर्किए अबैधानिक कामदार पनि पुनः कोरिया प्रवेश गर्न पाउने

2 October, 2018

कोरियाले अवैधानिक रुपमा बसोबास गरिरहेका आप्रवासी कामदारको लागि स्वदेश फर्किने समय सिमा तोकेको छ। यही सोमबारदेखि लागू भएको उक्त नियम अनुसार यदि तोकेको समयमा स्वच्छाले स्वदेश फर्किए पुनः कोरिया प्रवेश गर्ने ढोका खुल्नेछ। यसरी स्वदेश फर्किने समयावधि आउँदो मार्च अर्थात्  ६ महिनाको लागि तोकिएको छ।

तोकिएको उक्त समयसीमा भित्र वैधानिक तबरले स्वदेश नफर्किए त्यस्ता कामदारलाई १० वर्षसम्म कोरिया प्रवेशमा रोक लागाउनेसम्मको सजाय दिन सक्ने कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै ‘कोरिया टाइम्स’ले लेखेको छ।

हाल कोरियामा ३ लाख ३५ हाजार भन्दा धेरै आप्रवासी कामदार भिसा अवधि समाप्ति पछि अवैधानिक तबरले लुकिछिपी बसिरहेको न्याय मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका अनुसार सन् २०१६ मा २ लाख ८ हजार ९ सय ७१ विदेशी कामदार अवैधानिक तवरले बस्दै आएकोमा यो संख्या बढेर  सन् २०१७ मा  २ लाख ५१ हजार ४१ पुगेको थियो। यस्तै यो वर्षको अगष्ट महिनासम्म यो संख्या बढेर ३ भन्दा माथि पुगेको छ।

हाल दक्षिण कोरियामा २५ सयको संख्यामा नेपाली कामदार भिसा अवधि समाप्तिपछि अवैधानिक तवरले बसिरहेको अनुमान छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024