२०१९ मा १३ हजार नेपाली विद्यार्थी अमेरिका

1 February, 2020

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीले स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्। राजदूत बेरीले शुक्रबार आयोजित एक कार्यक्रममा सन् २०१९ मा अमेरिकी विश्वविद्यालयमा भर्ना भएका १३ हजार नेपाली विद्यार्थीले समृद्ध नेपालको सपनालाई साकार पार्न सहयोग पु-याउनेमा आफू विश्वस्त रहेको बताएका हुन्।

कार्यक्रममा उनले दुई देशको आपसी मित्रतालाई प्रगाढ बनाउन शैक्षिक क्रियाकलाप आदानप्रदानका कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा अमेरिकामा शिक्षा हासिल गर्न सहयोग पु-याउने मोबाइल एप्सको पनि सार्वजनिक गरिएको थियो। त्यस्तै शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले शिक्षा क्षेत्रमा हुने आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताए। नेपालमा सन् १९६१ मा फुलब्राइट कमिसनको स्थापना भएको थियो र सो कार्यक्रमअन्तर्गत ७ सय नेपाली अमेरिकामा गएर अध्ययन गरिसकेका छन् भने ६ सय अमेरिकी विद्यार्थीले नेपालमा अध्ययन गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024