होटल बन्द गरी १२ प्रतिशत तलब दिने निर्णयको विरोधमा मजदुर संगठन

4 May, 2020

६ महिनासम्म होटल बन्द गरेर सो अवधिमा मजदुरलाई साढे प्रतिशत तलबमात्र दिने होटल संघको निर्णयका विरुद्धमा आन्दोल गर्ने मजदुर संगठनहरुले चेतावनी दिएका छन्।

आइतबारमात्र होटल सञ्चालकहरुको संस्थाले होटल बन्द गरी मजदुरलाई साढे १२ प्रतिशतमात्र तलब दिने निर्णय गरेका थिए। उनीहरुले बाँकी तलब जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने सरकारसँग माग गर्ने निर्णय पनि गरेका थिए।

तर मजदुर संगठनहरुले भने महामारीको समयमा साहुहरुले अमानवीय निर्णय गरेको र यसका विरुद्धमा सशक्त रुपमा उत्रिने चेतावनी दिएका छन्।

अखिल नेपाल होटल,क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष सुर्यबहादुर कुँवर र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णय कार्यान्वयन गरी महामारीको समयमा श्रमिकलाई नियमति तलब दिन माग गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026