हिप्कोको तालिम तथा रोजगार कार्यक्रम

21 June, 2023

हुलास स्टीलले हिप्को सुपरबिल्ड स्टिल फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रम सञ्चलन गरिरहेको छ। नेपालको श्रम बजारको प्रमुख चुनौतीहरूलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगस्वरूप रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ।

उक्त कार्यक्रमले ४५ हजार नेपालीहरूको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आइरहेको कम्पनीको दाबी छ। कार्यक्रमलाई दिवाकर गोल्छा कर्पोरेशन अन्तर्गत हुलास स्टिल उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रूपमा कार्यान्वयन गर्दै आइरहेका छन्। यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले गरेको हो। कार्यक्रमले १ हजार ३ सय ४८ जनालाई श्रम बजारको माग अनुरूप तालिम र रोजगार दिन लागेको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024