स्वदेशमै रोजगारीको माग गर्दै जुम्लामा प्रदर्शन

2 January, 2024

स्वदेशमै रोजगारीको माग गर्दै जुम्लामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ जुम्लाले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

बालकुमारी घटनामा दुई युवाले ज्यान गुमाएको विषयमा एमालेनिकट विद्यार्थी र युवा संगठनले सोमबार जुम्लामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनरत युवाले ‘सरकार सकिन्छ रोजगारी दे, नसके शान्तिपूर्ण वातावरणमा बस्न दे’, ‘ज्यामारा सरकार मुर्दावाद’लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा सहभागी युवा संघकी केन्द्रीय सदस्य शारदा पछाईले स्वदेशमा रोजगारी दिन नसक्ने सरकारले विदेश जान खोज्दा ज्यान मारेको गम्भीर आरोप लगाइन्।

यसैगरी, अनेरास्ववियुका केन्द्रीय सदस्य विराज भण्डारीले सडकबाटै सत्ता पल्टाउनुको विकल्प नरहेको बताए। अनेरास्ववियु जुम्लाका अध्यक्ष रतननाथ योगीले स्वदेशमा रोजगारी दिन नसक्ने र विदेश जान्छु भन्दा ज्यान लिने सरकार नचाहिएको भन्दै आक्रोश व्यक्त गरे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024