सेटिङमा प्रमाणपत्र दिनेलाई कारबाही

25 March, 2021

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १२ गते । वैदेशिक रोजगार विभागको आकस्मिक अनुुगमन टोलीले वैदेशिक रोजगारीमा जानुुपूर्व युुवालाई दिने अभिमुुखीकरण तालिमबिनै प्रमाणपत्र दिँदै गरेका नौ संस्थालाई कारबाही गरेको छ । टोलीले पछिल्लो एक सातामा १५ वटा अभिमुखीकरण तालिम दिने संस्थाको अनुुगमन गरेकोमा नौवटाले तालिमबिना प्रमाणपत्र दिएको फेला पारेपछि कारबाही गरिएको हो ।

टोलीले मङ्गलबार मात्रै काठमाडौँमा सञ्चालित निसान मल्टिपल ट्रनिङ (लाइसेन्स ८८) प्रा.लि, ग्लोबल क्यरियर टे«निङ प्रा.लि (लाइसेन्स २२) मा अनुुगमन गर्ने क्रममा कैफियत देखिएपछि संस्थालाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक कुुमारप्रसाद दाहालले बिनातालिम प्रमाणपत्र दिएको फेला परेपछि ती संस्थाको तत्काल विभागबाट हुने सबै प्रकारका कारोबार रोक्का गरिएको जानकारी दिनुुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुुखीकरण तालिम नै नदिई सेटिङमा प्रमाणपत्र बिक्री गरेको अनुुगमनका क्रममा भेटिएको विभागका महानिर्देशक दाहालले जानकारी दिनुुभयो ।

विभागका अनुसार अनुुगमनका क्रममा ग्लोबलले २६ जनाको हाजिर र इन्ट्री गरेर चार जनाले मात्रै तालिम लिएको पाइयो भने निसान मल्टिपलले २५ जनालाई हाजिर र इन्ट्री गरेर सात जनालाई तालिम नदिइकन सेटिङ प्रमाणपत्र दिएको पाइएको छ । महानिर्देशक दाहालले विभागको आकास्मिक अनुुगमन टोलीले गएको सातादेखि अभिमुुखीकरण तालिम दिने भनेर जिम्मा लिएका १५ वटा संस्थाको अनुुगमन गरेकोमा नौवटाले तालिमबिना सेटिङमा प्रमाणपत्र दिने गरेको पाइएको जानकारी दिनुुभयो ।

विदेश जानुपूर्व प्रतिव्यक्ति सातसय रुपियाँ लिएर दुुई दिनमा १२ घण्टासम्म अभिमुुखीकरण तालिम दिने भनेर खोलिएका संस्थाले बिनातालिम प्रमाणपत्र दिएर अपराध गरेको भन्दै उहाँले बिनातालिम प्रमाणपत्र मात्रै दिनलाई ती संस्थालाई अनुुमति दिइएको हो, लाज मान्नु पर्दैन, आफ्नो दायित्व के हो सबै बिर्सने भनि प्रश्न गर्नुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026