सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरिरहेका १२ जना पक्राउ

19 April, 2024

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरिरहेका १२ जना पक्राउ परेका छन्। रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन माग गर्दै आफन्तहरूले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरिरहँदा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कृतु भण्डारी, राजकुमारी मगर, सिरानि घर्ती, सुबिता मगर, चिनिमाया तामाङ, मैयाँ साईली, किसन थापा, संजय श्रेष्ठ, टेक बटाला, अपिल घिसिङ, बुद्धिमाया ब्रामु र विज्ञान ब्रामु रहेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024