साउदी लगायत मुलुकका सप्लाई कम्पनीमा श्रमिक पठाउन बन्द गर्नुपर्छ- श्रममन्त्री भण्डारी

2 September, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले साउदी, खाडी मलेसिया लगायत मुलुकमा सप्लाई कम्पनीमा श्रमिक पठाउन बन्द गर्नुपर्ने बताएका छन्।

आइतबार पत्रकारहरूसँग छलफल गर्दै पछिल्लो समय सप्लाई कम्पनीमा जाने श्रमिकहरू जटिल समस्यामा रहेका कारण बन्द गर्नुपर्ने उनले बताए।

‘सप्लाई कम्पनी र आजाद भिसामा पठाउन पूर्ण रूपमा बन्द गर्नुपर्छ,’ उनले भने। त्यसैगरी उनले बिचौलियारहित वैदेशिक रोजगारीमा मन्त्रालयले जोड दिएको पनि बताए।

ऐन, कानुन, नियमावली लगायत परिमार्जन गरी समय सापेक्ष बनाउन पनि सरकारले काम गरेको उनले उल्लेख गरे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024