साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्यो, एक नेपाली सुरक्षागार्डको मृत्यु

29 June, 2023

साउदी अरेबिया — साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको छ ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको स्टेट न्यूज एजेन्सी एसपीएले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन ।

‘कारमा सवार एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास भवननजिकै रोकियो र हातमा बन्दुक बोकेर त्यहाँबाट निस्क्यो, सुरक्षा अधिकारीहरूले उसलाई आवश्यक अनुसार व्यवहार गर्न पहल गर्दा गोलीबारी भयो र उनको मृत्यु भयो,’मक्का क्षेत्र प्रहरीका प्रवक्ताले भने ।

गोली प्रहारबारे अनुसन्धान भइरहेको छ । ‘अमेरिकी दूतावास र वाणिज्य दूतावास साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ किनभने उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने। वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ।

सन् २०१६ मा कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए। २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए । त्यसक्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र पाँच स्थानीय कर्मचारीको हत्या भएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024