साउदीमा कार्यरत धनकुटाका राईको हृदयघातबाट निधन

27 December, 2022

विष्णु घिमिर

साउदी: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका धनकुटा-७ का मुकेश राईको हृदयघातबाट मृत्यु भएको छ।

राई रोजगारको क्रममा साउदीको पूर्वी प्रान्त अलखोबर-दमामा शहरमा १० बर्ष अघि प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए भने गत १७ डिसेम्बर मध्यान्ह करिब १२:४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो।

कम्पनीमा सँगै काम गर्ने मेखबहादुर मैनालीका अनुसार मृतक राईले सुरुमा मुटु दुख्ने समस्या देखाए लगतै अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। अस्पिटले हृदयघातबाट राईको मृत्यु भएको पुष्टि गरेको छ। राईको शव नेपाल पठाउने गृहकार्य भइरहेको छ।

राईकी श्रीमती र एक छोरा छन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026