साउदीबाट ३३ नेपाली कामदारले लिए बहिर्गमन भिसा

6 April, 2023

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरबस्थित नेपाली दूतावासले बहिर्गमन भिसा पाउने नेपालीको ३३ नेपालीको नामावली सार्वजनिक गरेको छ भने साउदीमा रोकिएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनीमा कार्यरत रहँदा अनुमतिपत्र ‘अकामा’ नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र सरल रूपमा प्रदान गर्नका लागि साउदी सरकारलाई लामो समयदेखि आह्वान गरेको थियो।

दूतावासले बहिर्गमन भिसा प्राप्तिको लागि साउदीमा कार्यरत नेपालीको अकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको हुनुपर्ने, साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि अकामा नबनाइदिएका वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने, अकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ राजदूतावासबाट गर्न नमिल्ने साथै कुनै केस वा जरिवाना छ भने उक्त व्यक्तिको एक्जिट भिसा नलाग्ने जनाएको छ। बहिर्गमन भिसा प्राप्त गर्नको लागि प्रोसेसिङ निःशुल्क हुनेछ।

नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीलाई राहदानी नवीकरण लागि अस्थायीरूपमा राहदानी आवेदन संकलनका लागि साउदीको ताबुक, आभा, खमिस, ददमाम, हाईल जुवेल, जिजान सहरमा व्यवस्था गर्दै आइरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024