साउदीबाट नेपाल फर्किंदै ४ हजार नेपाली

12 July, 2020

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड १९ भाइरस दैनिक बढ्दो छ। कोरोना प्रभावबाट अलपत्र परेका नेपाली चार्डर उडानबाट स्वदेश फिर्ता हुने संख्या पनि बढिरहेको छ। हालसम्म  चार्टर उडानबाट  ४१  सय  ८५ जना सहित ५३  शव  स्वदेश फिर्ता भएका छन्।

दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार १  सय ८० जनाको नामावली सार्वजनिक गरेको छ। अनलाइन तथा टेलिफोन सम्पर्क गरी २८ हजारभन्दा बढीले नेपाल फर्किन फारम भरेका छन्।

कोरोनाको कारण समस्यामा परेका २५ नेपालीलाई सिटी एक्सप्रेस मनि ट्रान्सफरले एक महिनाको लागि खाधान्य सहयोग गर्नुको साथै  रोजगारीको क्रममा दुवै आँखा नदेख्ने समस्यामा परेकी रोल्पाकी सिता परियारलाई उपचारार्थ सहयोग स्वरुप २० हजार  नेपाली रूपैयाँ सहयोग दिएको छ। 

साउदीमा कोरोना  भाइरस र अन्य कारणले कार्यरत नेपालीमा समस्या बढ्दै  गएको छ। एकतर्फ  साना कम्पनी बन्द भइ रोजगार नै गुम्ने खतरा छ। कार्यरत कम्पनीमा आवश्यक सुविधाबाट समेत वञ्चित हुन पुगेका छन् भने अर्कोतर्फ समस्यामा परेका नेपालीको पूर्ण रुपमा  उद्दारको लागि आवश्यक कार्य  नभएको देखिन्छ।

साउदीमा कानुनी रूपमा  लगभग ३ लाख १५ हजार नेपाली कार्यरत छन्। नेपाली  दुतावास रियाद  र वाणिज्य दुतावास जेद्धामा ३० कर्मचारी छन्। साउदी सरकारले पूर्ण रुपमा लकडाउन हटाए पनि संक्रमित हुनेको संख्या दैनिक रूपमा ३ हजार ५ सय भन्दा बढी  रहेको छ। हालसम्म २ लाख २९ हजार ४ सय ८० संक्रमित हुनुको साथै १ लाख ६५ हजार ३ सय ९६  जना निको भएका छन्। २ हजार १ सय ८०  जनाको मृत्यु भएको छ।  सरकारले म्याद सकिएका भिषामा विना शुल्क र जरिवाना ३ महिनाको म्याद थपिदिएको छ जसले गर्दा छुट्टीमा रहेका कामदारलाई सहयोग महसुस भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026