सन् २०२२ को विश्वकप सुरक्षार्थ नेपाली खटाउने कतारको इच्छा

18 July, 2018

कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ को विश्वकप फुटबलको सुरक्षाका लागि नेपाली प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा राजदूत मोहम्मदले विश्वकपका लागि सुरक्षागार्डमा रुपमा ठूलो संख्यामा नेपालीहरुलाई लैजान कतार ईच्छुक रहेको बताएका हुन्।

 

राजदूत मोहम्मदले सुरक्षागार्डका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न समेत तया रहेको बताएका छन्। रोजगारीका लागि हाल कतारमा पाँच लाख बढी नेपाली छन्। सिंहदरबारमा भएको भेटमा गृहमन्त्री थापाले भने नेपालीहरुको सेवा सुविधा र सुरक्षाका विषयमा कुराकानी गरेका थिए। थापाले सुरक्षा र अन्य क्षेत्रमा कतारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका थिए। राजदूत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध स्थापनाको ४० वर्ष पुगेकोले कतार भ्रमणका लागि आग्रह गरेका थिए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024