सडक दुर्घटनामा परेका युवालाई एनआरएनले उद्धार गरी नेपाल पठायो

20 January, 2019

गलत ठाउँबाट बाटो काट्दा दुर्घटनामा परी घाइते भएका लमजुङका हरिकृष्ण बस्नेतलाई एनआरएन युएईले उद्धार गरेको छ । बस्नेतलाई एनआरएन र लमजुङ समाजको पहलमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

भिटिज भिसामा युएई आएका बस्नेत जागिर खोज्ने क्रममा फुजेरा राज्य पुगेका थिए। त्यहाँ गलत ठाँउबाट सडक काट्न खोज्दा दुर्घटनामा परे । दुर्घटनामा परेर उनको दाहिने खुट्टा भाँचिएको छ ।

फुजेरा अस्पतालमा उपचाररत बस्नेतको स्वास्थ्यमा सुधाए आएपछि प्रहरीले हिरासतमा राखेको थियो । उनलाई ५५ सय दिहराम जरिवाना तोकिएको थियो । तर, बस्नेतले जरिवाना तिर्न नसकेका कारण २२ दिन हिरासतमा बिताए ।

एनआएन क्षेत्रीय  समिति फुजेरा, लमजुङ समाज युएई र एनआरएन युएईको संयुक्त पहलमा ३३ दिनको ३३ सय दिहराम जरिवाना भुक्तान गरिदिएपछि उनि हिरासतबाट मुक्त भएर नेपाल फर्किएका छन् ।

उनको उद्धारामा एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ, एनआएन क्षेत्रीय समिति फुजेरा अध्यक्ष वीरेन्द्र खड्का, उपाध्यक्ष शेर सुनुवार, हरि ढकाल, यामबहादुर खड्का तथा लमजुङ समाज युएईको तर्फबाट अध्यक्ष महेश पराजुली, अर्जुन गौली, बाबुराम सापकोटालगायतले सहयोग गरेका थिए ।

बस्नेत रोजगारी पाउने आश्वासनमा नेपालको एक एजेन्टलाई २ लाख ५० हजार बुझाएर युएई आएका थिए । युएईमा एकनारायण पाण्डे विष्णु नाम गरेका व्यक्तिले उनलाई रोजगारी दिलाइदिने सर्त थियो । सुरुमा एयरपोर्टबाट उनैले रिसिर्भ गरेको तर बस्नेत दुर्घटनामा परेदेखि पाण्डे सम्पर्कमा नआएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024