संसारभरिका नेपालीहरूको विवरण संकलन गर्न ‘श्रम संसार एप’

27 June, 2025

श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गर्ने उद्देश्यले आजदेखि ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याइएको छ ।

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीहरूको सूचना र विवरण संकलन गर्न यो एप सञ्चालनमा ल्याएको हो।

एपमा संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सकिने छ। यो एपमा आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको जानकारी प्राप्त गर्न सकिने छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024