श्रम स्वीकृति खुल्यो

2 July, 2020

तुलसी सुवेदी

 

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) ले रोकिएको वैदेशिक रोजगारका लागि श्रम स्वीकृति बिहीबारबाट सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को असार १५ गते बसेको बैठकले वैदेशिक रोजगारीमा श्रम स्वीकृति दिने निर्णय गरेको हो। 

मन्त्रालयले उक्त निर्णय अनुसार बिहीबार पत्राचार गर्दै श्रम स्वीकृति दिन निर्देशन दिएको हो। शाखा अधिकृत जमुना काफ्लेले वैदेशिक रोजगार विभागलाई पत्राचार गरी श्रम स्वीकृति दिन भनिएको छ। 

बिदामा नेपाल आएका करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ को परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्नेगरी वैदेशिक रोजगारीमा जाने निर्णय गरिएको छ।

त्यस्तै पूर्वको करार अवधि समाप्त भई पुन: करार नविकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिको आवश्यक कागजातसहित निवेदन दिएमा कोभिड-१९ र स्वास्थ्य परीक्षण प्रटोकल पालना गरी श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना संक्रमणका कारण गत फागुन ३० देखि श्रम स्वीकृति दिन रोक लगाएको थियो। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहालले विभागको काठमाडौ कार्यालयबाट बिहीबारदेखि नै सुरु भइसकेको र उपत्यका बाहिरका कार्यालयबाट आइतबारबाट पुन : श्रम स्वीकृति दिने काम सुरु हुने जानकारी दिए।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले झण्डै दुई हप्ताअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रम स्वकिृति खुल्ला गर्नसक्ने अधिकार दिएको दिएको थियो। मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेर निर्णय गराएको थियो। सरकारले पहिलो चरणमा पुन : श्रम स्वीकृति दिने काम सुरु गरिएको र अवस्था हेरेर नयाँ कामदारको श्रम स्वीकृति पनि खोल्न सकिने बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026