श्रम मन्त्री विष्टको चेतावनी : देश धान्ने युवामाथिको शोषण सह्य हुँदैन

20 March, 2018

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेश जाने कामदारमाथि शोषण गर्नेको अन्त्य गरेरै छाड्ने बताउनुभएको छ ।मन्त्रालयमा मंगलबार भएको कार्यक्रममा मन्त्री विष्टले कामदार विदेश पठाउने नाममा भैरहेको सिन्डिकेट तोडेर वैदेशिक रोजगारको क्षेत्रलाई कानुनको दायरामा ल्याउने बताउनुभयो । 

 

मन्त्रालय र यस अन्तरगतका निकायमा नातावाद र कृपावाद नचल्ने भन्दै मन्त्री विष्टले एमालेकै व्यवसायी भए पनि बदमासी गर्नेलाई नछाड्ने प्रतिवद्धता दोहो¥याउनुभएको छ । विदेश गएका कामदारको रगत र पसिनाले देशको अर्थतन्त्र चलेको भन्दै उहाँले देश धान्ने युवामाथिको श्रम शोषण आफ्ना लागि सह्य नहुने पनि बताउनुभयो ।

 

विदेशमा पसिना बगाउने युवाहरुमाथि हुने अपमान र शोषण  हटाएर उनीहरुको सुरक्षाको लागि काम गर्ने भन्दै श्रम मन्त्री विष्टले देशबाहिर जाने युवाबाट लिइएको पैसा पारदर्शी बनाउने पनि दावी गर्नुभयो । 

 

युवालाई विदेशिन रोक्न देशमै रोजगारीको अवसर बढाउने तर विदेश जानैपर्ने अवस्था आएमा उनीहरुको कामको सम्मान र अधिकार र सुरक्षाको ग्यारेन्टी गरेर मात्रै पठाउने उहाँको भनाई छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024