श्रमिक बैंक स्थापना

30 August, 2020

काठमाडौं : श्रमिक बैंक स्थापना भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्लालयले भर्चुअल कार्यक्रमको आयोजना गरी श्रमिक बैंक स्थापना गरेको हो। 

मन्त्रालयले आइतबार कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०७६/७७ मा कार्य सम्पादन र चालु आव २०७७/७८ को लागि लक्ष्यको विषयमा बोल्दै मन्त्री रामेश्वर राय यादवले श्रमिक बैंकको घोषणा गरेका हुन्।

श्रमिक बैंक स्थापनापश्चात सबै क्षेत्रमा कार्यरत औपचारिक तथा अनौपचारिक मजदुरको तथ्याङ्क मन्त्रालयसँग रहने छ।  मन्त्री यादवले श्रमिक बैंकले सबै मजदुरलाई कामअनुसार श्रेणी दिइने बताए। कुन क्षेत्रमा कति मजदुर आबद्ध छन् भन्नेबारे अहिले स्पष्ट छैन। श्रमिक बैंकले मजजुरको रियल टाइम डाटा ल्याउने मन्त्रालयको दावी छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026