श्रमिकहरूलाई एक महिनाको घरभाडा छुट दिन सरकारको आग्रह

29 March, 2020

सेतोपाटी संवाददाता

सरकारले सहरी क्षेत्रमा रहेका श्रमिकहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गरेको छ। 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले एक महिनाको घर भाडा छुट दिँदा घरभाडा करमा समेत सरकारले छुट दिने निर्णय गरेको हो। 

त्यस्तै निजी विद्यालयहरूले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमा आवस शुल्कबाहेक सबै छुट दिने पनि बैठकले निर्णय गरेको छ। त्यसैगरी सरकारले कोरोना रोकथाम र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र प्रत्यक्ष जोडिएका सुरक्षाकर्मीलाई आगामी असार मसान्तसम्मका लागि २५ लाखको नि:शुल्क बिमा र क्षतिपूर्ति दिने निर्णय गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026