श्रमिकले सामाजिक सुरक्षा कोषबाट लिए सात अर्ब चार करोड ऋण

24 July, 2025

योगदानमा आधारित समाजिक सुरक्षा कोषबाट योगदानकर्ता श्रमिकहरूले विभिन्न शीर्षकमा सात अर्ब चार करोड ऋण लिएका छन्।

विभिन्न शीर्षकमा हालसम्म कुल ३४ हजार ९७ योगदानकर्ताले उक्त ऋण लिएका हुन्।

सामाजिक सुरक्षा कोषले योगदानकर्ता विशेष सापटी, घर सापटी, शैक्षिक सापटी लगायत शीर्षकमा ऋण प्रदान गर्दै आएको छ।

योगदानकर्ता सापटी अन्तर्गत विशेष सापटी ३४ हजार २० योगदानकर्ताले ६ अर्ब ९० करोड लिएका छन्।

घर सापटी ६७ योगदानकर्ताले १३ करोड र शैक्षिक सापटी १० योगदानकर्तालाई एक करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई सात अर्ब चार करोड भुक्तानी भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024