श्रमको इमरजेन्सी सेवाहरु रोकिएको छैनः  श्रम सचिव

15 September, 2025

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन सेवाहरु नरोकिएको जनाएको छ ।

‘श्रमसँग सम्बन्धित आपतकालिन सेवाहरु दिइरहेका छौं,’ श्रम सचिव कृष्णहरि पुष्करले इकान्तिपुरसँग भने,‘अनलाइन श्रम स्वीकृति र सामाजिक सुरक्षासँग सम्बन्धित कामहरु जारी छन् ।’

उनका अनुसार श्रम मन्त्रालयमा ठूलो क्षति पुगेको छैन । ‘मन्त्रालयको पूर्वी भागका सिसाहरु फुटाइएको छ । अन्य क्षति छैन । तीन वटा गाडी जलाइएको छ,’ उनले भने, ‘वैदेशिक रोजगार विभाग र जिल्लामा रहेका श्रम कार्यालयहरु जलाइएको छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024