शून्य लागतमा श्रमिक लैजान ओमन तयार

29 January, 2019

नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार भएको छ । ‘मस्कटमा सोमबार भएको दुईपक्षीय प्राविधिक टोली बैठकमा श्रमिकको सुरक्षा, शून्य लागत, बिमा लगायत विषयमा नेपालले राखेको प्रस्तावलाई ओमनले स्वीकार गरेको हो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले कान्तिपुरसँग भनिन् ।

 

बैठकले श्रमिकको भर्ना प्रक्रिया, कार्यस्थल सुरक्षा, लागत खर्चलगायत विषय टुंग्याएको उनले बताइन् । बैठकपछि दुई देशबीच श्रमसम्झौता प्रक्रियाले गति लिएको छ ।ओमनमा करिब २० हजार नेपाली श्रमिक रहेको अनुमान छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024