वैशाखसम्म आयो १२ खर्ब रेमिटेन्स

11 June, 2024

चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना (साउनदेखि वैशाखसम्म) ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

१८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। तर, मासिक आधारमा भने चैतको तुलनामा वैशाखमा रेमिटेन्स भित्रिने दर केही घटेको छ।

चैतमा मासिक एक खर्ब २१ अर्ब रेमिटेन्स भित्रिएकोमा वैशाखमा एक खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। वार्षिक आधारमा भने १९.२ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०७९–८० को १० महिनासम्म १० खर्ब पाँच अर्ब रेमिटेन्स भित्रिएको थियो।

रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक ६ खर्ब ९९ अर्ब रूपैयाँले बढेको छ। निक्षेप १२.८ प्रतिशतले बढेको हो।

यो १० महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको यो अवधिमा भने ६ लाख १२ हजारले यस्तो स्वीकृति लिएका छन्।

गत वर्षको १० महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६ लाख ६० हजार थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024