वैदेशिक रोजगार व्यवसायी संघले कोषमा १ करोड दिने

26 March, 2020

सेतोपाटी संवाददाता

वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एक करोड दिने भएको छ।

व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको ब्याज (व्यवसायीले पाउने ब्याज)बाट प्राप्त हुने रकम मध्ये १ करोड उक्त सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए।

‘ब्याज हालसम्म करिब ६ करोड ७७ लाख जम्मा भएको छ। त्यस मध्येबाट कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा तत्काल १ करोड जम्मा गर्ने निणर्य भएको छ,’ उनले भने।

त्यस्तै अर्को १ करोड कामदार उद्धार कोषमा पनि जम्मा गर्ने निर्णय गरिएको उनले जानकारी दिए। विदेशबाट नेपाली कामदारलाई रेस्क्यु गर्नपर्ने अवस्था आउन सक्ने भएकोले उद्धार कोषमा पनि जम्मा गर्न लागेको श्रेष्ठले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024