वैदेशिक रोजगार विभागका प्रहरी जवान १७ हजार घुससहित पक्राउ

4 April, 2019

महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भई ताहाचलस्थित वैदेशिक रोजगार विभाग काठमाडौंमा कार्यरत प्रहरी जवान गणेश लोहारले १७ हजार घुससहित पक्राउ परेका छन्।

 

साउदी अरबका लागि श्रम स्विकृती लिने सिलसिलामा उनले सेवाग्राहीसँग घुस मागेका थिए। महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले लोहारलाई घुसबापत लिएको १७ हजार रूपैयाँसहित पक्राउ गरेको हो। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024