वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट यी आर्थिक सहायता पाइन्छन् (इन्फोग्राफ)

12 March, 2018

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएकाको परिवार, अंगभंग भएका र घातक रोग लागेकालाई आर्थिक सहयोग उपलब्ध गराउँछ । 

 

उनीहरुले बढीमा सात लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् । क्यान्सर, मिर्गौला फेल, मुटु सम्बन्धी रोगहरु, मुख्य अंगको प्रत्यारोपण, हृदयघात, पूर्ण अन्धोपना, प्यारालाइसिस, ब्रेन ट्युमरको सुरुवाती अवस्था, मानसिक समस्यालगायतका १५ वटा रोगलाई घातक रोगका रुपमा वर्गीकरण गरिएको छ । विशेषज्ञ समितिले रोग प्रमाणित गरेपछि बोर्डबाट आर्थिक सहायता पाइन्छ । 

 

अंगभंग भएकाले पनि विशेषज्ञ समितिले वर्गीकरण गरेको आधारमा बढीमा सात लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् । तर आर्थिक सहायता पाउनका लागि श्रमस्वीकृतिको म्याद भने नाघेको हुनु हुँदैन । श्रमस्वीकृतिको म्याद नाघेकाले क्षतिपूर्ति पाउँदैनन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024