वैदेशिक रोजगार कार्यालयको सर्भरको समस्या सुल्झियो

20 Jan, 2020

वैदेशिक रोजगार कार्यालय ताहाचलमा सर्भरमा आएको समस्या समाधान भएको छ।बिहिबारबाट देखिएको समस्या आइतबार (आज) बाट समाधान भएको वैदेशिक रोजगार कार्यालय, ताहाचलका कार्यालय प्रमुख देबेन्द्र कार्कीले जानकारी दिए।

‘सर्भर डाउन भएर श्रम स्विकृती दिनको लागि समस्या परेको थियो, आजबाट त्यो समस्या समाधान भएको छ,’ कार्कीले सेतोपाटीसगँ भने ‘ हामीले शनिवार पनि कार्यालय खोलेर सोही दिन फ्ल्लाइट भएका करिब १५ जनालाई श्रम स्विकृती दियौँ।’

सर्भर डाउन भएको कारण ६ सय ५० भन्दा धेरैको टिकट रद्ध भएको नेपाल वैदेशिक रोजगार व्यवसायी महासघंका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए।

‘विहिवार देखि समस्या आएको रहेछ। शुक्रबार ४ सय र शनिवार २ सय ५० जनाको टिकट रद्ध भयो,’ भुर्तेलले सेतोपाटीसगँ भने ‘व्यवसायीले सस्तो टिकट काटेका हुन्छन्र त्यो टिकटको पैसा रिफन्ड हुँदैन। सर्भर डाउन हुँदा व्यावसायीलाई लाखौ घाटा लागेको छ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024