वैदेशिक रोजगारीमा रहेकालाई मुक्तिनाथको सेयर बाँडफाँट

24 November, 2023

वैदेशिक रोजगारीमा रहेकालाई मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर बाँडफाँट भएको छ ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँबराबरको १४ लाख कित्ता साधारण सेयर छुट्याएकामा सो रकमको १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका १४ हजार आवेदनकर्तालाई १० कित्ताका दरले १०० रुपैयाँ अंकित दरमा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

एक लाख ४० हजार कित्ता सेयर खरिदका लागि कुल ३१ हजार एक सय ९६ जनाले आवेदन दिएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024