वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

5 July, 2024

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पीडितबाट लाखौं रुपैयाँ संकलन गरेपछि फरार रहेका उनीहरुलाई प्रहरीले काठमाडौंको अलग अलग स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङवा घर भई हाल काठमाडौं मैतीदेवी बस्ने वर्ष ३३ का जीवन कडरिया र रामेछाप मन्थली घर भइ हाल काठमाडौंको धुम्बाराही बने वर्ष ४६ का चुडाबहादुर खड्का रहेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कडरियाले क्यानाडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख २० हजार र खड्काले कोरिया पठाइदिने भन्दै तीन जनाबाट १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको खड्काले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024