वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बिमा रकम ठगी गर्ने गिरोहका थप २ जना पक्राउ

10 April, 2023

वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेव गा.पा. वडा नं. ४ घर भएका पशुपती अधिकारी र भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ बुढाथोकीगाउँका उमेश बुढाथोकी रहेका छन्।

उनीहरुको साथबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनिको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु पनि बरामद गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024